अर्थ / बाणिज्य

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस बाँड्ने

इकागज |
असोज १८, २०७८ सोमबार १३:२२ बजे

काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १४ गते बसेको सञ्‍चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

कात्तिक १६ मा साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा बस्दैँछ । चुक्ता पुँजीको २० प्रतिशत भन्‍नाले तीन करोड ८४ लाख चार हजार ९ सय २० रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने प्रस्तावमा उल्लेख छ ।


सञ्‍चालक समितिले पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । जसअनुसार ९६ लाख एक हजार दुई सय ३० रुपैयाँ हुन्छ । 


Author

थप समाचार
x