अर्थ / बाणिज्य

साधना लघुवित्तले २५ प्रतिशतले बोनस सेयर दिने

इकागज |
असोज १८, २०७८ सोमबार १३:१६ बजे

काठमाडौँ - साधना लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साधनाको सञ्‍चालक समितिले ६ करोड ४२ लाख ४५ हजार रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो । 

संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख ८० हजार चार सय रुपैयाँ छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १.३१५ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने उल्लेख छ । कात्तिक १३ मा संस्थाको वार्षिक साधारणसभाको बैठक बस्दैँछ ।



Author

थप समाचार
x