दुई महिनामा २५ ऋणीले लिए तीन अर्ब पुनर्कर्जा, कुन क्षेत्रमा कति ?
काठमाडौँ - चालु आर्थिक वर्षको भदौ मसान्तसम्म तीन अर्ब एक करोड रुपैयाँ पुनर्कर्जा वितरण गरेको छ । दुई महिनामा २५ ऋणीले पुनर्कर्जा लिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसरी पुनर्कर्जा लिनेमा पाँच जनाले विशेष पुनर्कर्जा लिएका छन् भने २० जनाले दुई अर्ब १६ करोड रुपैयाँ साधारण पुनर्कर्जा लिनेछन् । १५ बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा वितरण गरेका छन् ।
सबैभन्दा बढी गण्डकी प्रदेशमा पुनर्कर्जा प्रवाह भएको छ । ७५ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । पुनर्कर्जा प्रवाह पनि पर्यटन क्षेत्रमै बढी मात्रामा भएको छ । एक अर्ब चार करोड रुपैयाँ यो क्षेत्रमा पुनर्कर्जा प्रवाह भएको छ । जलविद्युत् क्षेत्रमा ४० करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया