६ अंकले घट्यो नेप्से, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार
काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ६.६८ अंकले घटेको छ । ०.२६ प्रतिशतले घटेर २५७०.८१ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ समूहमध्ये चार समूहका परिसूचकमा वृद्धि भएको छ । जलविद्युत् र फइनान्स समूहका परिसूचक २ प्रतिशतभन्दा बढी दरले घटेको छ ।
आशा लघुवित्त, मैलुङ खोला जलविद्युत्, मिथिला लघुवित्त र महिला लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । ४८ हजार २ सय ३६ पटकको किनबेचमा ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । तीन अर्ब ६८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया