भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत
भक्तपुर – भक्तपुरका अधिकांश मासु पसल दर्ताबिनै सञ्चालनमा रहेका पाइएको छ । भक्तपुर नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले सोमबार गरेको अनुगमनका क्रममा ती पसलमा फोहर मासु बिक्री गरेको पनि पाइएको छ ।
समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएको हो । साथै पसलमा फोहर, झिगा भन्किएको, मासु सफा गर्ने ठाउँ नै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ समितिले जनाएको छ ।
यस्तै सरसफाइमा ध्यान नदिएको, भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको छ । बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ । दर्ता नभएकालाई अनगुमनकै क्रममा दर्ता गराइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया