यस्तो छ फेसबुक डाउन हुनको प्रारम्भिक कारण
काठमाडौँ- सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म फेसबुक तथा यसको अन्य एप इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर जस्ता सेवामा करिब ६ घण्टा समस्या आयो । फेसबुकले प्रारम्भिक रुपमा यस समस्याबारेमा बोलेको छ । फेसबुकले आफ्नो राउटरमा गलत सेटिङ्ग भएको कारणले यो समस्या आएको बताएको छ ।
सोमबार बेलुका आएको समस्यापछि फेसबुकले ट्वीटरमार्फत यसबारेमा जानकारी दिएको थियो । फेसबुक यो समस्या सन् २०१९ देखि यताकै सबैभन्दा ठूलो समस्या हो । २०१९ मा पनि फेसबुकको सेवामा घण्टौं समस्या आएको थियो ।
रुटिन ‘जीबीपी’ अपडेट बिग्रिएपछि फेसबुकको सिस्टममा समस्या आउन सुरु भएको थियो । त्यसपछि डीएनएस राउटिङको जानकारी नै उड्यो । अन्य नेटवर्कलाई फेसबुकका साइटहरू फेला पार्न त्यसको अनुमति आवश्यक हुने फेसबुकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया