गैरसुकुम्बासीले लालपुर्जा हडपेको भन्दै मुख्यमन्त्री राउतको कार्यालयअगाडि धर्ना
जनकपुरधाम – सुकुम्बासीहरूले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । आफ्नो जग्गा अतिक्रमण गरी गैरसुकुम्बासीलाई दिइएको भन्दै उनीहरूले मंगलबार विरोधसहित मुख्यमन्त्रीको कार्यालयअगाडि धर्ना दिएका हुन् ।
चुरे तथा वन जंगल संररक्षण अभियानका राष्ट्रिय संयोजक सुनिलकुमार यादवको अगुवाइमा उनीहरूले विरोधका कार्यक्रम गरेका हुन् । उनीहरूले सुकुम्बासीको नाममा रहेको जग्गा अतिक्रमण गरिएको र सो जग्गा आफूहरूलाई उपलब्ध गराउन माग गर्दैै नगरभरि विरोध जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन् ।
०५४ सालदेखि हालसम्म सुकुम्बासी आयोगद्वारा वितरण गरिएको जग्गाको लालपूर्जा छानबिन गरी गैरसुकुम्बासीको नाममा रहेका जग्गाको लालपुर्जा बदर गरी सक्कली सुकुम्बासीलाई उपलब्ध लालपुर्जा दिन उनीहरूले माग गरेका छन् । ‘सरकारले सुकुम्बासीलाई दिएको जग्गाको लालपुर्जा गैरसुकुम्बासीले पाएका छन्, सो जग्गा तत्काल सुकुम्बासीलाई उपलब्ध गराउनु पर्छ । सुकुम्बासीको जग्गाको लालपुर्जा गैरसुकुम्बासीहरूले कसरी हडपे ? सरकारले त्यसको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ,’ संयोजक यादवले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया