विदेशमा ऋण लिनेले नेपाली बैंकको ग्यारेन्टी पाउने
काठमाडौँ – विदेशमा ऋण लिनेले नेपाली बैंकको ग्यारेन्टी पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचनामार्फत यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंकको यो निर्णयसँगै विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, संस्था र निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ । विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ । नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो ।
केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ । बैंक ग्यारेन्टी वा ‘स्ट्यान्डवाइ लेटर अफ क्रेडिट’को अधिकतम सीमासमेत तोकेको छ । यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया