अर्थ / बाणिज्य

मध्य भोटेकोशीको आइपिओ खुल्यो, असोज २५ सम्म भर्न पाइने

इकागज |
असोज २०, २०७८ बुधबार १२:२५ बजे

काठमाडौँ - मध्य भोटेकोशी जलविद्युत्‌ले प्राथमिक सेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको बुधबारबाट निष्काशन गरेको हो । ९० लाख कित्ता सेयरमध्ये (चार प्रतिशत) तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।      

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर एक सय रुपैयाँका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।  आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ ।


कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल छन् ।


Author

थप समाचार
x