अर्थ / बाणिज्य

विनोद चौधरीलाई दोस्रोपटक कोरोना संक्रमण

इकागज |
असोज २१, २०७८ बिहीबार १६:७ बजे

काठमाडौँ– उद्योगपति एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीलाई दोस्रोपटक कोभिड–१९ संक्रमण भएको छ । उनलाई यसै साताको सुरुवाततिर कोभिड–१९ संक्रमण पुष्टी भएको पारिवारिक स्रोतले बताएको छ । 

चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनलाई गत वर्ष असोज महिनामा पनि कोभिड–१९ संक्रमण भएको थियो । त्यसपछि उनले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाइसकेका थिए । गत वर्ष कोभिड–१९ संक्रमणमुक्त भएपछि उनले सबैलाई सुरक्षित रहन भिडीयो सन्देश दिएका थिए । चौधरीले दोस्रो पटक संक्रमण भएको सम्बन्धमा भने समाजिक सञ्जालमा खुलाएका छैनन् । 


 

 


Author

थप समाचार
x