अर्थ / बाणिज्य

विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही

इकागज |
असोज २१, २०७८ बिहीबार २०:५९ बजे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा २२ करोड रूपैयाँमा निर्माण भएको ‘कर्णाली मल’ को बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे ।

‘सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ ।’ मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने आमबुझाइ भए पनि रोजगारीसहित व्यापारिक योजनाबाट नागरिकमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास भएको धारणा राखे ।



Author

थप समाचार
x