अर्थ / बाणिज्य

बुद्धभूमिको आइपीओ बाँडफाँट, कसले कति पाए ?

इकागज |
असोज २२, २०७८ शुक्रबार १२:३० बजे

काठमाडौँ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओमा कुल २० लाख ३० हजार नाै सय ५५ जनाले कुल दुई करोड ४४ लाख तीन सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये भाग्यमानी ७४ हजार चार सयजनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात खाली छ ।


१६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार नाै सय २२ जनामा गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो । 

कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव नाै सय ९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।


Author

थप समाचार
x