नोबेल विजेता अर्थशास्त्रीको निष्कर्ष
‘न्यूनतम ज्याला बढ्दैमा रोजगारीको संख्या कम हुँदैन’
आप्रवासीले आदिवासीको भाग खोस्दैनन्
स्वीडीश राजकीय प्रतिष्ठानमा अर्थशास्त्रमा नोबेल पुरस्कार घोषणा गरिदैं
काठमाडौँ- तीन अमेरिकी अर्थशास्त्रीहरूलाई श्रम शक्तिका सम्बन्धमा व्याप्त सोचमा रूपान्तरणबापत् अर्थशास्त्रतर्फ सन् २०२१ को नोबेल पुरस्कार प्रदान गरिएको छ । उनीहरूले कसरी न्यूनतम ज्यालाले श्रमिक भर्तीमा अवरोध गर्दैन र आप्रवासी कामदारले कसरी आदिवासीको पारिश्रमिक कम गराउँदैनन् (भाग खोस्दैनन्) भन्ने सम्बन्धमा अनुसन्धान गरेका छन् । तीनमध्ये दुईले यस्तो सामाजिक मुद्दामा अध्ययनका लागि यसखालको अनुसन्धानको विधि तय गरेकोमा पुरस्कारमा हिस्सेदारी पाएका हुन् ।
क्यानडामा जन्मेका र युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा कार्यरत कार्डलाई प्रयोगसिद्ध अनुसन्धानबापत् पुरस्कारको आधार हिस्सा प्रदान गरिएको छ । उनले न्यूनतम ज्याला, आप्रवासन र शिक्षाले कसरी श्रम बजारलाई प्रभाव पार्छ भन्ने सम्बन्धमा अनुसन्धान गरेका थिए ।
बाँकी आधा हिस्सा पुरस्कार म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी जोशवा डी अंग्रिस्ट, दि नेदरल्याण्डस् मूलका अमेरिकी अर्थशास्त्री गिइदो डब्लु इमबेन्सलाई अनुसन्धान विधिका लागि पुरस्कारको आधा हिस्सा प्रदान गरिएको हो ।
पुरस्कार घोषणा गर्दै स्वीडीश राजकिय प्रतिष्ठानले यो अनुसन्धानले अर्थशास्त्रीय विज्ञानको प्रयोगसिद्ध कार्यलाई नयाँ रूप प्रदान गरेको बताएको छ । यी तीनजना अर्थशास्त्रीले प्राकृतिक प्रयोगहरूलाई विश्वभर तीव्ररूपमा प्रयोग गर्न सकिने र यसले अर्थशास्त्रलाई दैनिक जीवनमा अझै उपयोगी बनाएको बताइएको छ ।
कार्डको अनुसन्धानले न्यूनतम ज्याला वृद्धिले रोजगारीको संख्यामा कमी नआएको निष्कर्ष निकालेका छन् । कार्डको यो अनुसन्धानले पुरानो माग र आपूर्तिको नियममा आधारित भाष्यलाई चुनौती दिएको छ । खासगरी सन् १९९२ मा इकोनोमिस्ट म्यागेजिनले पनि अमेरिकी आर्थिक संघ (अमेरिकन इकोनोमिक एसोसिएसन)ले न्यूनतम ज्यालासम्बन्धी कानुनले अर्धदक्ष र भर्खरै श्रम बजारमा प्रवेश गरेकालाई प्रभावित पार्ने भन्दै ७९ प्रतिशतले यसमा समर्थन जनाएको उल्लेख गरेको थियो ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही मुद्दालाई राष्ट्रपति चुनावको एजेण्डा बनाएका थिए ।
अर्थशास्त्रमा नोबेल पुरस्कार विजेताले ११ लाख चालीस हजार अमेरिकी डलर (१ करोड स्वीडीश क्रोनर) र गोल्ड मेडल प्राप्त गर्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया