अर्थ / बाणिज्य

यौनजन्य सामग्रीविरुद्ध फेसबुकको कडा कदम

इकागज |
कात्तिक २, २०७८ मंगलबार १३:५६ बजे

काठमाडौँ- फेसबुकले अब कुनैपनि अकाउण्टमा यौनजन्य सामग्री आदानप्रदान भएमा अकाउण्ट सधैँको लागि बन्द गर्ने भएको छ । फेसबुकले हालै आफ्नो नीतिमा अपडेट गरेपछि यस्ता अवाञ्छित क्रियाकलापसम्बन्धी सामग्री पोस्ट गर्नेको एकाउन्टमाथि सधैँको लागि प्रतिबन्ध लगाउने भएको हो।

यस अन्तर्गत यदि कुनै यूजरले सेलिब्रिटी, राजनीतिज्ञ, क्रिकेटर तथा पत्रकारलगायतका व्यक्तिहरूलाई लक्षित गरेर अफवाह तथा भ्रामक कमेन्टहरू पोस्ट गरेमा पनि उनीहरूको अकाउण्ट बन्द हुने जनाएको छ ।


फेसबुक यूजरको प्रोफाइल, पेज, ग्रुप या इभेन्ट नै सधैंका बन्द गरिने जनाएको छ । फेसबुकले आफ्नो नीतिमा परिवर्तन गरेर सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणबीचको फरक प्रस्ट पार्न खोजेको देखिएको छ ।

फेसबुकको इन्बक्समा मेसेज पठाउने नियममा पनि परिवर्तन हुनेछ भने कम्पनीले प्रोफाइल र पोस्टमा आउने कमेन्टहरूलाई सुरक्षित बनाउने जनाएको छ । फेसबुकको यस कदमबाट अनलाइन हुने उत्पीडनबाट बचाउन सकिने कम्पनीको विश्वास रहेको छ ।


Author

थप समाचार
x