अर्थ / बाणिज्य

७७ अंकले खस्कियो सेयर बजार

इकागज |
कात्तिक २, २०७८ मंगलबार १५:२० बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ७७.३३ अंकले खस्किएको छ । ३.२५ प्रतिशतले घटेर नेप्से परिसूचक २५१०.७३ बिन्दुमा पुगेको हो । 

सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक २.८७ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक ५.३८ प्रतिशतले घटेको छ । विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले खस्किएको छ ।


नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मू्ल्य उच्च दरले खस्किएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । ५४ हजार चार सय १६ पटकको किनबेचमा ९५ लाख ७२ हजार १६ कित्ता सेयर कारोबार भएको छ । तीन अर्ब ७७ करोड ७७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।


Author

थप समाचार
x