फेसबुकले 'मेटाभर्स' का लागि १० हजार कर्मचारी नियुक्त गर्ने
काठमाडौँ- फेसबुकले भर्चुअल रियालिटी मेटाभर्सका लागि १० हजार कर्मचारी नियुक्त गर्ने घोषणा गरेको छ । फेसबुक मालिक मार्क जुकर्वर्गले भर्चुअल रियालिटीमा लगानी गर्दै मेटाभर्समा ठूलो लगानी गर्ने तयारी गरिरहेको बताएका छन् । फेसबुकले युरोपियन देश लक्षित गर्दै मेटाभर्सको लागि युरोपका मानिसहरूलाई विशेष प्रथामिकतामा राखेको जनाएको छ ।
के हो मेटाभर्स ?
मेटाभर्स अर्थात यस्तो अनलाइन दुनियाँ, जहाँ भीआर हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्नेछन् । हालसम्म मेटाभर्सको बारेमा पर्याप्त अवधारण भने आउनसकेको छैन । फेसबुक जस्तै अन्य ठुला कम्पनी गुगल माइक्रोसफ्टलगायतका पनि मेटाभर्समा लगानी गर्दै अनुसन्धानमा लागेका छन् । यसमा कुन कम्पनीले बाजी मार्छ भन्ने चासो टेक्नोलोजी क्षेत्रमा चासोको साथ हेरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया