चिनियाँ मोबाइलको पाटपुर्जा र एप भारतले जाँच गर्ने
काठमाडौँ- चीन र भारत सरकारको तनावको गत वर्ष २ सय २० भन्दा बढी चिनियाँ एप्स बन्द गरेको भारतले अब भने चिनियाँ फोन र त्यसमा पहिलै नै इन्स्टल भएको एपसमेत जाँच गर्ने भएको छ । गत वर्ष चीन र भारत तनाब चर्किंदा भारतले ठूलो संख्यामा चिनियाँ एपहरू प्रतिबन्धित गरेको थियो ।
भारत सरकारले चिनियाँ स्मार्टफोन कम्पनीहरूलाई आफ्नो फोनमा प्रयोग हुने कम्पोनेन्ट र डाटाको बारेमा जानकारी दिन पत्रपठाएको छ । चिनियाँ स्मार्टफोन कम्पनीहरू भीभो, ओपो, साओमी र वनप्लसलाई पत्र पठाइसकेको छ । भारतीय मोबाइल बजारमा चिनियाँ कम्पनीहरुको ५० प्रतिशत भन्दा बढी बजार हिस्सा छ ।
भारत सरकारको भारतीय प्रयोगकर्ताको सुरक्षाको लागि यो कदम उठाएको जनाएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागि प्रि-इन्स्टल भएको एपको समेत एपको पनि जाँच गर्ने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया