टिकटकमा यसरी गर्न सकिन्छ आवाज परिवर्तन
काठमाडौँ - हाल टिकटकमा कतिपय प्रयोगकर्ता भिडियो अन्य आवाज राखेर अपलोड गर्ने गरेको देखिन्छ । यसरी कतिपयले भने आवाज 'म्युट' गरेरसमेत अपलोड गर्ने गरेको छन् । आफ्नो आवाज दिन मन नलाग्ने वा नचाहानेहरूलाई ध्यानमा राखेर टिकटकले आवाज परिवर्तनको सुविधा दिएको छ ।
आफ्नो भ्वाइस सहितको भिडियो अपलोड गर्न चाहानुहुन्न भने तपाईंको सुविधाको लागि टिकटकले ‘भ्वाइस एफेक्ट’ सुविधा दिएको छ । टिकटकको 'भ्वाइस एफेक्ट' प्रयोग गर्न भने तपाईंले आफ्नै आवाजमा भ्वाइस रेकर्ड भएको हुनुपर्छ । अन्य गीत तथा म्युजिकमा भने 'भ्वाइस एफेक्ट' राख्न मिल्दैन ।
टिकटकमा भ्वाइस इफेक्ट राख्नको लागि कुनै भिडियो रेकर्ड पश्चात आउने पपअप विन्डोमा गएर विभिन्न साउन्डमा राख्न सक्नुहुन्छ । पछिल्लो समय विश्वमा अत्यधिक लोकप्रिय रहेको टिकटकले समय समयमा विभिन्न नयाँ फिचरहरू समावेस गर्दै गएको छ । हाल टिकटको प्रयोगकर्ता एक अर्बभन्दा धेरै रहेका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया