अर्थ / बाणिज्य

सेयर बजारमा दोहोरो अंकको ओरालो

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १५:४३ बजे

काठमाडौँ - आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।


आज अन्य र म्युचल फण्डको समूहकाे परिसूचकमात्रै हरियो देखिएका छन् । व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक दुई प्रशितभन्दा धेरैले ओरालो लागेको छ । त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो माइक्राेफाइनान्सका लगानीकर्ता रहेका छन् । लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ । 

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी माइनस १७ दशमलव ६० अंकले घाटामा गएको छ ।


Author

थप समाचार
x