अर्थ / बाणिज्य

फ्रान्समा समाचार सेयर गरेबापत रकम तिर्न फेसबुक सहमत

इकागज |
कात्तिक ६, २०७८ शनिबार १६:५० बजे

फाइल फोटो

काठमाडौँ - फ्रान्समा समाचार सेयर गरेको पैसा तिर्न सामाजिक सञ्‍जाल फेसबुक सहमत भएको छ । अब समाचार सेयर गरे बापत प्रकाशकहरूलाई फेसबुकले निश्चित शुल्क दिनेछ । केही महिनाअघि अष्ट्रेलियामा पनि फेसबुकले त्यहाँका केही समाचार संस्थालाई फेसबुकमा समाचार सेयर गरेबापत पैसा तिर्न सहमत भएको थियो ।

फ्रान्समा केही समयदेखि त्यहाँका मुख्य समाचार संस्थाहरूले कन्टेन्ट सेयरबापत फेसबुकले शुल्क तिर्नुपर्ने अडान राख्दै आएका थिए । फेसबुकले कति रकम तिर्नेछ भन्ने बारेमा केही जानकारी भने दिएको छैन ।


युरोपेली युनियनले सन् २०१९ मा डिजिटल प्रतिलिपि अधिकार नियमहरुलाई सुधार गर्नको लागी नयाँ नियम बनाइएको थियो । फ्रान्स ईयूको डिजिटल प्रतिलिपि अधिकार सुधारलाई राष्ट्रिय कानूनमा स्थानान्तरण अग्रणी रहेको छ । गुगलले फ्रान्समा समाचार प्रकाशकहरुसँग यस वर्षको सुरुवातमा नै सम्झौता गरिसकेको छ ।


Author

थप समाचार
x