प्रहरी र सशस्त्रको राशन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णय
काठमाडौँ – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने, नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको उनले बताए ।
यस्तै नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्नुका साथै कोभिड महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया