अर्थ / बाणिज्य

हस्तकला कोसेली मेला सोमबारदेखि सुरु

इकागज |
कात्तिक ८, २०७८ सोमबार २०:४६ बजे

काठमाडौँ – हस्तकला कोसेली मेला सोमबारबाट सुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनी सुपर मार्केटको संयुक्त आयोजनामा सोमबारबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो ।

१० गतेसम्म नक्सालमा ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा मेला सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए ।


हस्तकला सामग्रीको आन्तरिक बजारमा विस्तार एवम् प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको महर्जनको भनाइ छ । कोभिड महामारीका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ । २५ वटा स्टल रहेको मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।


Author

थप समाचार
x