म्याद गुज्रिएको १४ लाख बराबरको लेज र कुर्कुरे जफत गरी पसल सिल
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले टोखामा रहेको गोल्डेन नेपाल सप्लायर्सलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा म्याद गुज्रिएको लेज, कुर्कुरेलाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेपछि कारबाही गरिएको हो ।
रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्री जफत गरी पसल सिल गरिएको जिप्रकाका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
बजार अनुगमनका क्रममा उक्त कार्यमा संलग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल तीन लाख रूपैयाँ जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याई बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया