अर्थ / बाणिज्य

जनकपुरधाममा महिला हस्तकला मेला सुरु

इकागज |
कात्तिक १२, २०७८ शुक्रवार २०:७ बजे

जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेशस्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । नेपाल हस्तकला महासंघद्वारा आयोजित मेलाको प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले शुक्रबार उद्घाटन गरेका हुन् । 

‘यो मेला तथा प्रदर्शनीले यहाँका महिला हस्तकला उद्यमीलाई हस्तकला सामग्री उत्पादन र व्यवसायप्रति उत्साहित गरानउने छ,’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले भने । प्रदेशका गाउँ गाउँमा महिलाहरूले विभिन्न सामग्री बनाउँदै आए पनि बजार पाउन नसकेका कारण आफ्नो पेशाबाट निरुत्साहित हुँदै गएको अवस्थामा महासंघले आयोजना गरेको मेला तथा प्रदर्शनीले ती महिलामा उत्साह सञ्चार गर्ने मन्त्री सिंहको भनाइ छ ।


प्रदेशका महिलाहरू उद्यमशीलतामा सक्षम र शिक्षित भएमात्रै प्रदेशको विकास हुने उनले बताए । हाल ६५ प्रतिशत महिला अशिक्षित रहेको पनि उनले जनाए । सो कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले महसंघद्वारा यो मेला तथा प्रदर्शनले यहाँका महिलालाई हस्तकलाप्रति आकर्षित गर्ने र थप उर्जा प्रदान गर्ने धारणा राखिन् । उनले यस्तो प्रकारको कार्यक्रम प्रदेशमा मात्र नभई जिल्ला र स्थानीय तहमासमेत आयोजना हुनुपर्ने माग गरिन् ।

उनले महिलाको जिविकोपार्जनको श्रोतका लागि उपमहानगरपालिकाले विभिन्न तालिमका लागि एक करोड रूपैया बजेट छुट्याए पनि प्रशासकी अधिकृतको आभाव र कोभिड महामारीका कारण कार्यान्वयन हुन नसकेको जानकारी दिइन् ।

 

कोभिडका कारण स्वदेशी हस्तकला सामग्रीको अन्तर्राष्ट्रिय निर्यात व्यापार खस्कँदै गएको अवस्थामा यस्ता वस्तुको बजारलाई चलायमान बनाउनअ जनकपुरधाममा प्रदेशस्तरीय मेला तथा प्रदर्शनी ायोजना गरिएको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए । मेलामा हातबाट बनेका लुगा तथा घरायसी प्रयोगका सामग्री, मिथिला शिल्पबाट बनेका सामग्री, बाँस, काठ तथा माटाका भाँडा र प्राकृतिक रेशाबाट बनेका वस्तुहरूको स्टल राखिएको छ । उक्त मेला ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x