अर्थ / बाणिज्य

बैंकलाई सभामुखको निर्देशन !

इकागज |
कात्तिक १३, २०७८ शनिबार १८:५५ बजे

चौतारा – बैंकिङ सेवा चुस्त बनाउन सभामुख सापकोटाले निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको शनिबार उद्घाटन गर्दै सभामुख सापकोटाले उक्त निर्देशन दिएका हुन् ।

जनताको जीवनस्तर उठाउन बैंकहरूले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । उनले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन आर्थिक विकास जरुरी भएको र त्यसका लागि सरकारको पूर्णस्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको ठूलो जिम्मेवारी रहेको स्पष्ट पारे । 


सिन्धुपाल्चोकबाट विजयी सांसदसमेत रहेका उनले जलवायु परिवर्तनले यस वर्ष पनि देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति पुगेको चर्चा गर्दै सरकारले घोषणा गरेको राहत पीडित पक्षले तत्काल पाउनुपर्ने बताए । अर्को प्रशंगमा सापकोटाले तातोपानी नाकालाई व्यवस्थितरूपमा सञ्चालन गर्न चिनियाँ राजदूत र ल्हासास्थित महावाणिज्यदूतसँग छलफल भइरहेकाले सो नाका चाँडै नै व्यवस्थित रूपमा सञ्चालनमा आउने बताए ।


Author

थप समाचार
x