अर्थ / बाणिज्य

सोमबार १७ अंकले घट्यो नेप्से

इकागज |
कात्तिक १५, २०७८ सोमबार १५:२७ बजे

काठमाडौँ- गत हप्तादेखि लगातार रूपमा बढ्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक साेमबार भने घटेको छ । सोमबारको कारोबारमा नेप्से १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.८८ अंकले घटेको छ ।

आज २ सय २६ कम्पनीका सेयर ८० हजार ३ सय ५१ पटक कारोबार भएको छ । आज १ करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ, होटल एण्ड टुरिजम र इन्भेष्टमेन्ट उपसमूहका सेयर मूल्य बढेका छन् ।



Author

थप समाचार
x