अर्थ / बाणिज्य

बौधीमाई नगरपालिकामा एकैदिन चार योजनाको शिलान्यास

सुभाष कर्ण |
कात्तिक १६, २०७८ मंगलबार २१:४२ बजे

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहटको बौधीमाई नगरपालिकामा एकैदिन चार वटा आयोजना शिल्यान्यास गरेका छन् । प्रदेश २ सरकारको लगानीमा निर्माण हुने दुई सडक, एक धर्मशाला र पोखरी सौन्दर्यीकरणसहित चार वटा योजनाको मंगलबार मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् ।

शिलान्यास गरिएका योजनामा वौद्धिमाई नगरपालिका र मौलापुर जोड्ने मुख्य सडकको पुल र पाँच किलो मिटर पक्की सडक तथा वडा नम्बर ५ स्थित गण्डक नहरदेखि ग्वाली चोकहुँदै इनरुवा मटिअर्वासम्मको सडक रहेको मुख्यमन्त्री कार्यालय सञ्चार सचिवालयका आतिश मिश्रले जानकारी दिए ।


यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ इनरवारीस्थित शंकरस्थान पोखरी को सौन्दर्यीकरण र इनरवारीमै धर्मशालाको शिलान्यास गरिएको उनले बताए । सो कार्यक्रममा प्रदेश सभा सदस्य रामकिशोर यादव, अबुल कलाम आजाद फुलवाबु, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का जिल्ला अध्यक्ष एवम् देवाही गोनही नगरपालिका प्रमुख धर्मेन्द्र पटेल, बौधीमाई नगरपालिकाका प्रमुख राजु यादवलगायतको सहभागिता थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x