टेस्लाको सेयर बेच्न ट्वीटरमा सोध्दै एलन मस्क
काठमाडौँ- टेस्लामा मालिक एलन मस्कले टेस्लाको सेयर बेच्ने कि नबेच्ने भन्ने सम्बन्धमा ट्वीटरमा प्रश्न गरेका छन । ट्वीटर प्रयोगकर्तासामु उनले टेस्लाको १० प्रतिशत सेयर बेचौँ कि नबेचौँ भन्ने प्रश्नको 'पोल' गरेका छन् ।
केही समयदेखि मस्कले टेस्लाको केही हिस्सा सेयर बेच्ने कुरा बताउँदै आएका थिए । ट्वीटरमा मस्कले टेस्लामा भएको मेरो १० प्रतिशत सेयर बेच्न चाहान्छु, ‘तपाईँ यसलाई समर्थन गर्नु हुन्छ ? भन्ने प्रश्न सोधेका छन् ।
Much is made lately of unrealized gains being a means of tax avoidance, so I propose selling 10% of my Tesla stock.
— Elon Musk (@elonmusk) November 6, 2021
Do you support this?
ट्वीटरमा आएको प्रस्तावमा आफू सहमत हुने समेत मस्कले बताएका छन् । केही समय अघि देखि टेस्लाको सेयर मूल्य बढ्दा मस्कको सम्पति अत्यधिक बढेको छ । हाल मस्क विश्व धनाढ्य सूचीमा पहिलो स्थानमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया