अर्थ / बाणिज्य

प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

इकागज |
कात्तिक २२, २०७८ सोमबार १६:३५ बजे

काठमाडौँ- ज्योति विकास बैंक लिमिटेडले नुवाकोटको एक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विदुर-३ खड्ग भन्ज्याङस्थित प्रगतिशील माध्यमिक विद्यालयलाई सामाजिक उत्तरदायित्वअन्तर्गत हाम्रो विकास प्रवर्द्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरू प्रदान गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरिले प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरू हस्तान्तरण गरेका हुन् ।


बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरूमा सूचना प्रविधि सम्बन्धी सिपको विकास गर्न, विधार्थीहरूमा प्रयोगात्मक सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरू गर्दै आएको छ।


Author

थप समाचार
x