अर्थ / बाणिज्य

बिक्री गर्न तयार भएको बन्दा बारीमै कुहियाे

इकागज |
कात्तिक २८, २०७८ आइतबार २१:३६ बजे

फाइल तस्‍बिर

बैतडी - बैतडीका किसानले खेती गरेको बन्दा बिक्री गर्नेबेलामा बारीमै कुहिन लागेको छ । बिक्री गर्नका लागि तयार भएको बन्दाको किसानहरूले उचित बजारभाउ नपाउनाले बन्दा बारीमै कुहिन लागेको हो ।

अहिले जिल्लाका अधिकांश ठाउँमा व्यवसायिक तरकारी खेतीमा आबद्ध किसानले उत्पादन गरेको बन्दा खेतमै कुहिने अवस्थामा पुगेको छ । कात्तिक महिनाको सुरुवातमा परेको अविरल वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्‍याएको हो । वर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दागोभी खेतमै कुहिएको सुर्नया–६ का दामोदर अवस्थीले बताए । 


‘विगतमा मकैबाली लगाउँदै आएको खेतमा आधुनिक कृषी गर्ने सोचले बन्दागोभी लगाएको हुँ । तर बजार नपाउँदा गाई वस्तुलाई खुवाउनु परेको छ । तीन महिनासम्म गरेको परिश्रम र व्यवसायमा गरेको १० हजार रकम लगानी खेर गयो । यो खेतमा मकै लगाएको एक वर्ष खान पुग्ने थियो । तर, बन्दागोभी लगाएर सही नसक्नु घाटा भयो ।’ जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँमा लगाएको बन्दागोभी कुहिँदा किसान मारमा परेका छन् । बारीमा बेच्न ठिक्क परेको ५० क्विन्टल बन्दागोभी कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका- १ मरतोलाका किसान पूर्णानन्द भट्टले बताए । 


Author

थप समाचार
x