अर्थ / बाणिज्य

डिजिटल गण्डकी प्रदेश बनाउन आइएमएसले महत्त्वपूर्ण भूमिका खेल्छ : मन्त्री थापा

इकागज |
कात्तिक २९, २०७८ सोमबार १४:४० बजे

पोखरा - गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले आइएमएसले गण्डकी प्रदेशलाई डिजिटल प्रदेश बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

साेमबार सार्वजनिक भएको आइएमएस सफ्टवेयरको पूर्णसफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा उद्देश्य राखेर ल्याएको क्यूआर सेवामार्फत पोखरेलीमात्र नभई गण्डकी प्रदेशभरका सबैले लाभ लिने उनले विश्वास व्यक्त गरे ।


‘आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा क्यास होइन क्यूआर गरौं  भन्ने प्रविधि ल्याउनु आफैंमा सराहनीय काम हो । यसले पोखरालाई मात्र होइन गण्डकी प्रलेशलाई नै डिजिटल प्रदेश बनाउन मद्दत पुग्छ,’ मन्त्री थापाले भने । सरकारले नोट बनाउँदा धेरै रकम खर्चनुपर्ने भएकाले डिजिटल पेमेन्टमार्फत त्यसको बचतसमेत हुने मन्त्री थापाको भनाइ  छ ।


Author

थप समाचार
x