अर्थ / बाणिज्य

कतार एयरवेजको फ्लाइट सेड्युल वर्षभरी सार्न मिल्ने, निःशुल्क टिकट फिर्ता

इकागज |
पुस १०, २०७७ शुक्रबार १०:२५ बजे

काठमाडौं: विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै कतार एयरवेजले नयाँ वर्ष सन् २०२१ को स्कीम घोषणा गरेको छ । कतारले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असीमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ । एयरलाइन्सको यस सुविधाजनक बुकिङ नीति यात्रुले सहजतापूर्वक आफ्ना यात्रा योजनाहरू परिवर्तन गर्न सक्ने भएका छन् । 

एयरलाइन्सले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ, जसको मूल्य थप १० प्रतिशत हुनेछ । यो सुविधा कतार एयरवेजको आधिकारिक वेबसाइटबाट बुकिङ गरिएका सबै टिकटहरुमा लागू हुने कतार एयरलाइन्सले जनाएको छ ।  ‘ट्राभल भौचर लिने प्रक्रिया पनि छिटो र सरल बनाइएको छ,’ एयरलाइन्सले भनेको छ, ‘यात्रीहरूले अनलाइन आवेदन दिई ४८ घण्टा भित्र भौचर प्राप्त गर्नेछन् ।’
 



Author

थप समाचार
x