ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ- ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ। ब्रिटिस एजुकेशन ग्रूप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन्।
कोभिड-१९ महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोभिड संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो। यद्यपी, कार्यक्रम स्थलमा काेभिड संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो। त्यस्तै, सीमित व्यक्तिहरूलाई मात्रै कार्यक्रमस्थलमा निम्तो गरिएको थियो भने कार्यक्रममा उपस्थित हुन नसक्नेहरूको लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो।
सम्पन्न दीक्षान्त समारोहलाई दुई भागमा विभाजन गरिएको थियो। बिजनेश विषयका विद्यार्थीहरूलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरूलाई दिउँसोको समयमा दीक्षित गरिएको थियो। समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरि जम्मा ४१९ जना विद्यार्थीहरू दीक्षित भएका हुन्।
काेभिडकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरू जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रूटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए।
त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट- सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तब्य राख्दै दीक्षित विद्यार्थीहरूलाई बधाई दिएका थिए। कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए।
सोही कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले काेभिडको महामारीको समयमा पनि विद्यार्थीहरूले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाई दिए । ‘काेभिडभाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरूले राम्रो नतिजा ल्याएका छन् ।
कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरूले डिस्टिङ्सन ल्याएका छन्।’ कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरूले अतिरिक्त सम्मान पनि पाएका छन्। मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरू सफल हुनेछन्। तपाईंहरूको उज्ज्वल भविष्यको कामना पनि गर्दछु।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया