अर्थ / बाणिज्य

मनाङका बाढी पहिरोपीडितलाई आर्थिक सहयोग

इकागज |
मंसिर १२, २०७८ आइतबार १९:४७ बजे

मनाङ - मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरी दुई लाख रूपैयाँका  दरले मनाङका ७४ घरधुरीलाई राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

‘बाढीपहिरोबाट पूर्णक्षतिग्रस्त घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकक्षतिग्रस्त घर परिवारलाई राहत दिने विषयमा टेबल हुन बाँकी रहेकाले पूर्णक्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ,’ प्रजिअ आचार्यले भने ।


पूर्णक्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले बाढी पहिरोले क्षति पुगेको स्थलमा  आइतबार पुगेर राहत हस्तान्तरण गरे ।  सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पु¥याउने लक्ष्यका साथ प्रदान गरिएको बताए । 


Author

थप समाचार
x