अर्थ / बाणिज्य

सीजीका एसी– विद्युत् र मूल्यमा किफायती, ५ वर्षे ग्यारेन्टी र जडान सुविधा

इकागज |
पुस १०, २०७७ शुक्रबार १७:४ बजे

काठमाडौंः सिजी इलेक्ट्रोनिक्सले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा ल्याएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो । 

‘सिजीले हालै ग्राहक ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ । जसको उद्देश्य यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युत बचत गराउनु हो,’ सीजी इलेक्ट्रोनिक्सले भनेको छ । 


सामान्यतः अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युत्को शुल्क पनि उच्च हुन्छ । तर सिजी इन्भर्टरका एसीले कम विद्युत खपत हुन्छ । सिजी ब्राण्डका इन्र्भटर एसीहरु किफायती मूल्य र विद्युत खपतमा पनि किफायती हुनुका साथै उच्च गुणस्तरका, भरपर्दा र टिकाउ छन् । 

सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ०.७५ टन देखि ३.० टन सम्म उपलब्ध छन् । 

सिजीका एसीहरुमा ५ वर्षको वारेण्टी साथै काठमाडौं उपत्यका भित्र २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x