अर्थ / बाणिज्य

लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत दिन्छौं : मन्त्री भुसाल

इकागज |
मंसिर १३, २०७८ सोमबार २१:३३ बजे

लमजुङ -  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङका उपभोक्तालाई विद्युत प्राधिकरणबाट विद्युत वितरण गरिने बताएकी छन् । नेकपा माओवादी केन्द्र मर्स्याङ्दी गाउँ कमिटीको प्रथम अधिवेशनलाई सोमबार उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।   

उपभोक्ता समितिबाट वितरण भइरहेको विद्युत् एक महिनाभित्र प्राधिकरणबाट वितरण गरिने उनको भनाइ छ । ‘अब एक महिनाभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युत दिनेछौं । बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्छौं । संरचनाहरू सुधार गर्छौं,’ उनले भनिन् ।



Author

थप समाचार
x