भारतमा फाइभजीको परिक्षण सफल
काठमाडौँ- भारतमा फाइभजीको परिक्षण सफल भएको छ । भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको हो। पुनेमा गरिएको परीक्षणमा कम्पनीले फाइभजीमा ४.१ जीबीपीएसको स्पीडमा इन्टरनेट चलाएर परिक्षण सफल पारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भोडाफोनले भारतका मुख्य तीन सहर पुने, महाराष्ट्र र गान्धीनगरमा फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको जनाएको छ । अब फाइभजी व्यवसायिक रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
हाल भारतका विभिन्न सहरमा एयरटेल तथा भोडाफोनले फाइभजी परीक्षणको काम गरिरहेका छन् । भोडाफोनको गान्धीनगरमा नोकियासँग र पुनेमा एरिक्सनसँग परीक्षण भइरहेको छ । त्यसमध्ये पुनेको परीक्षणमा ४.१ जीबीपीएस गति हासिल भएको कम्पनीको जनाएको छ ।
उक्त स्थानमा २६ गिगाहर्ज ब्याण्डको स्पेक्ट्रम प्रयोग गरिएको थियो । थप दुई स्थानमा पनि चाँडै परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षण क्रममा मेडिकल, क्लाउड गेमिङ, आपतकालीन सेवालाई देशका दुर्गम क्षेत्रमा जोड्नका लागि प्रयोग गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया