अर्थ / बाणिज्य

वीरगञ्जमा ‘मेड इन नेपाल’ प्रदर्शनी

इकागज |
मंसिर १६, २०७८ बिहीबार १५:२६ बजे

वीरगञ्ज – वीरगञ्जमा मेड इन नेपाल प्रदर्शनी हुने भएको छ  । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले फागुन १२ देखि १५ गतेसम्म उक्त प्रदर्शनी हुने भएको हो । नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ ।

वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि करिब १ सय ३० वटा कक्षको व्यवस्था मिलाइने आयोजकले बताएको छ ।


प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । -रासस


Author

थप समाचार
x