अर्थ / बाणिज्य

होटल व्यवसायीका समस्या समाधानमा पहल गर्छु : मन्त्री आले

इकागज |
मंसिर १८, २०७८ शनिबार १९:२४ बजे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटल व्यवसायीका समस्या समाधानका लागि पहल थाल्ने बताएका छन् । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनलाई शनिबार काठमाडाैँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पछिल्लो समय होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन विभागमा दर्ता प्रक्रियादेखि अन्य विभिन्न समस्या भएकाले ती समस्या समाधानका लागि आफूले पहल गर्ने उनको भनाइ छ । पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्न होटेल तथा गेष्ट हाउस सञ्चालकको अहम् भूमिका रहेकाले होटल व्यवसायीलाई परेका समस्या र साह्रो गाह्रोलाई पर्यटन मन्त्रालय तथा होटल व्यवसायी संघ दुवै पक्ष मिलेर समाधान गर्नतिर लाग्नुपर्ने मन्त्री आलेले बताए । 


होटल तथा गेष्टहाउस व्यवसायीले पर्यटन ऐन २०३५ मा रहेको २५ बेडको मापदण्ड संशोधन गर्न माग गरेका थिए । होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन ऐन २०३५ र पर्यटन विभागमा होटल दर्ता गर्ने प्रक्रियाले भइरहेका समस्याका विषयमा उचित पहलकदमी चाल्ने मन्त्री आलेले बताए । उनले आफू पवित्र उद्देश्य बोकेर मन्त्रालयमा मन्त्रीका हैसियतामा आएकाले नागरिक तथा पर्यटन व्यवसायीसहित देशलाई फाइदा हुने र सकारात्मक हुने कामका लागि आफू कहिले पनि पछि नहट्नेसमेत उल्लेख गरे ।


Author

थप समाचार
x