इलाम निर्माण व्यवसायी संघकाे अध्यक्षमा चार आकांक्षी
इलाम – निर्माण व्यवसायी संघ इलामको नवौं जिल्ला अधिवेशन आइतबारबाट सुरु हुँदैछ । संघको नेतृत्वको लागि चार जना आकांक्षी देखिएका छन् । अध्यक्षको लागि हालसम्म चार जनाले उम्मेदवारी घोषणा नै गरिसकेका छन् ।
आइतबारबाट सुरु हुने अधिवेशनबाट वर्तमान अध्यक्ष सुभाष चिपालु फेरी अध्यक्षमा दोहोरिन चाहन्छन् । संघका पूर्वअध्यक्ष राजकुमार भक्तराज पनि अध्यक्षका आकांक्षी हुन् । त्यस्तै अधिवेशनको लागि सन्तोष कटुवालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर निर्माण व्यवसायीसँग लबिङ बढाएका छन् । अध्यक्षकै लागि डिल्लीराम खनालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
निर्माण व्यवसायी संघमा चार जनाको उम्मेदवारी हुने भएपछि निर्माण व्यवसायी वृत्तमा चुनावी सरगर्मी बढेको छ । आइतबार उद्घाटन कार्यक्रमपछि व्यवसायी संघको पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आइतबार सर्वसम्मत रूपमा नेतृत्व चयन नभए सोमबार मतदान हुनेछ । अध्यक्षसहित पदाधिकारीमा धेरै आकांक्षी देखिएकाले सर्वसम्मत रूपमा नेतृत्व चयन हुनेसम्भावना कम रहेको स्रोत बताउँछ । इलाममा २ सय २० जना निर्माण व्यवसायी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया