अर्थ / बाणिज्य

दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

इकागज |
मंसिर १९, २०७८ आइतबार १२:२५ बजे

काठमाडौँ - वन पौदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमूर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले उक्त परियोजना सुरु गर्न लागिएको हो ।

तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह ९ऋँग्न्०, डाबर नेपाल प्रा। लि। र इसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ । यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले पर्यावरण पुनर्स्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने ठानिएको छ ।


सम्झौतामा इसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x