अर्थ / बाणिज्य

एनएमबीका एकै दिन ३ शाखारहित बैंकिङ सेवा

इकागज |
पुस १२, २०७७ आइतबार १६:४८ बजे

काठमाडौंः एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने क्रममा एकै पटक तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश–१ मा रौतमाई गाउ“पालिका– ६,  चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउ“पालिका–४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ । 

विद्यमान कठिन परिस्थितिमा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरी सहित सुरक्षाका सम्भव उपायहरु अबलम्बा गर्दै प्रदेश कार्यालयका कर्मचारी र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए ।  सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै क्षेत्रका वित्तीय आवश्यकतालाई पुरा गर्ने बैंकले जनाएको छ । 


एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पीओएस मेसिन र १०,००० भन्दा बढी क्यूआर कोड भुक्तानी सुविधा मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x