अर्थ / बाणिज्य

भारतमा ओपोको फाइभजी ईन्नोभेशन ल्याब

इकागज |
पुस १३, २०७७ सोमबार ७:२१ बजे

काठमाडौंः ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि भारतको हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ । फाइभजीको व्यवसायीकरण तथा तिब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिति दर्शाउने यो पहल ओपोका लागि निकै महत्वकांक्षी रहेको कम्पनीले उल्लेख गरेको छ 

“ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ । भारतमा फाइभजी ल्याबको स्थापनासंगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो”, ओपो रिचर्स ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, “ साथै हाम्रा साझेदारहरूका साथमा औद्योगिक रूपान्तरणलाई थप अगाडी बढाउन यसले उल्लेख्य टेवा पु-याउने विश्वास छ ।”


विकास अग्रसर ओपोको यो कदमले ब्राण्डद्वारा भरखरै घोषित थ्री+एन+एक्स रणनीतिको सटिक प्रतिनिधित्वपनि गरेको छ । जहाँ “एन”ले फाइभजी, एआई र कनेक्टिभिटी लगायत आवश्यक दक्षता/क्षमताको प्रतिनीधित्व गर्छ । स्थापित नयाँ ल्याबले यावत् क्षेत्रहरुमा प्राविधिक क्रान्तिका लागि सुधारोन्मुख कार्य गर्नेछ । 
फाइभजी क्षेत्रकै एक सक्रिय कम्पनीका रुपमा ओपोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेशन विकास तथा नवप्रबर्तनका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको छ । सन् २०१५मा एकिकृत थ्रीजीपीपी मानकका लागि दबाब दिने ओपो एकमात्र कम्पनी रहेको थियो । सन् २०२०को सेप्टेम्बरसम्म आईपुग्दा ओपोले तीन हजार भन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मानक सम्बन्धि प्रस्तावना पेश गरिसकेको बताइएको छ । साथै, १ हजार फाइभजी मानक प्याटेन्ट फेमिलिज् ईटीएसआईका लागि घोषणा गरिसकेको छ । जापानी रिसर्च ईन्ष्टिच्यूशन एनजीबी कर्पोरेशनका अनसार फाइभजी प्याटेन्ट फेमिलिज घोषणा गर्ने कुरामा ओपो विश्वका दश अग्रणी कम्पनी मध्यको एकमा पर्छ । 

विश्व बजारमा फाइभजीको ब्यवसायिकरणलाई तीब्रता दिन ओपोले एरिक्शन र क्वालकम जस्ता औद्योगिक क्षेत्रमै अग्रणी साझेदारहरू नजिक रही सहकार्य अघि बढाइरहेको छ । यस बर्ष कम्पनीले स्वीजरल्याण्डमा कमर्शियल स्ट्यान्डअलोन फाइभजी नेटवर्क मार्फत भ्वाइस तथा डाटा कल्स गर्ने कार्यमा सफलता पनि हात पारेको छ । यसका साथै, ओपोले भारतबाट पहिलो फाइभजी ह्वाट्सएप कल गर्ने कार्यमा पनि सफलता पाइसकेको छ । 

अहिलेसम्म ओपोले विश्वभरका ५० भन्दा बढी संस्थासँग फाइभजी सेवा उपलब्ध गराउनका लागि सहकार्य गरिरहेको छ । ओपोले विशेषतः क्यामेरा, चार्ज तथा ब्याट्री र परफरमेन्स समर्पित थप तीन फङ्सनल ल्याब भारतमा सञ्चालनमा ल्याउने पनि उल्लेख गरेको छ ।


Author

थप समाचार
x