अर्थ / बाणिज्य

गाडी किन्‍ने उद्यमीलाई सहुलियतपूर्ण कर्जा

इकागज |
पुस १३, २०७७ सोमबार १६:३९ बजे

काठमाडौं : टाटा कम्पनीको व्यापारिक सवारी साधन खरिद गरेर व्यवसाय गर्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैक र सिप्रदी ट्रेडिङ्गबिच सवारी कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौताअनुसार त्यस्ता उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यकि्तलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । उद्यमीहरुलाई बैंकले ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

त्यस्तै बैंकसँग सिप्रदीले दोश्रोे सम्झौता गरेको छ । निजी तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी छ । सम्झौता पछी टाटा कम्पनीका निजी तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्ग मार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृदि्ध गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यकि्तको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए । 
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय बृदि्धमा सघाउ पुग्ने बताए । 

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, सिप्रदी ट्रेडिङ्गका भाइस प्रेसिडेण्ट सौरभ थपलिया, सेल्स प्रमुख सरद न्यौपाने लगायत कर्मचारीहरुको उपसि्थति थियो । 



Author

थप समाचार
x