अर्थ / बाणिज्य

विदेशी मुद्राले नेपाली बैंकमा खाता खोल्न पाइने

खातामा न्यूनतम पाँच हजार अमेरिकी डलर हुनुपर्ने

इकागज |
मंसिर २८, २०७८ मंगलबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- गैर आवाशीय नेपालीले विदेशी मुद्राबाट नेपाली बैंकमा खाता खोल्न पाउने भएका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, अष्‍ट्रेलियन डलर, जापानी येन र चिनिया युआनले खाता खोल्न पाइने भएको हो । खाता खोल्दा न्यूनतमा ५ हजार अमेरिकी डलर वा सो बराबरको रकम निक्षेप हुनुपर्ने छ ।

राष्‍ट्र बैंकको २०७८ मङ्सिर १४ गतेको पत्रअनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली आवद्ध संस्थाहरूले खाता खोल्न पाउने भएका छन् । खाता खोल्न आवश्यक परेमा थप जानकारी बैंकहरूले जानकारी उपलब्ध गराउनेछन् ।


यो सँगै विभिन्‍न मुलुकमा रहेका नेपालीहरूले अबदेखि सहजै विदेशी मुद्राबाट बैंकमा खाता खोल्न पाउने भएका छन् । बैंकहरूमा विदेशी मुद्राहरू सञ्चित हुने भएको छ । जापान, चीन, अष्‍ट्रेलिया, अमेरिका र बेलायतमा रहेका नेपालीहरू यसबाट लाभान्वित हुने भएका छन् ।


Author

थप समाचार
x