अर्थ / बाणिज्य

मजदूरका नाममा फर्म दर्तागरी राजस्व छल्नेलाई १ अर्ब ३२ करोडको मुद्दा

इकागज |
पुस १७, २०७७ शुक्रबार १६:७ बजे

काठमाडौंः झुटा र नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी भ्याट र आयकर छली गर्ने राम किशोर प्रसाद विरुद्ध राजस्व अनुसन्धान विभागले एक अर्ब ३२ करोड ४६ लाख रुपैयाँ बिगो र जरिवाना माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सर्लाही जिल्ला स्थायी घर भई पदमा कोलोनीमा बस्दै आएका प्रसादले मजदुरको नाममा फर्म दर्ता गरेर आफूमाथि कानुनी अभियोग नलागास् भन्ने बठ्याइँ गरे पनि अन्ततः विभागको अनुसन्धानका क्रममा दोषी पाइका हुन् ।

उनले मजदुर तथा आर्थिक अवस्था कमजोर भएका मजदूर लगायतका नाममा २६ ओटा फर्म दर्ता गरी उक्त फर्महरूका बैंक खाता भने प्रसादले नै सञ्चालन गर्दै आएका थिए । आर्थिक वर्ष २०७१–७२ देखि २०७४–७५ सम्ममा भ्याट र आयकर राजस्व छलीको अभियोगमा विभागले अनुसन्धान गरेको थियो । 


भ्याटतर्फ ४३ करोड ८१ लाख ८० रुपैयाँ र आयकरतर्फ ८६ करोड ५६ लाख रुपैयाँ र लाभांश करतर्फ २ करोड ८ लाख रुपैयाँ राजस्व छली भएको विभागको ठहर छ । 
 


Author

थप समाचार
x