Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

नयाँ रेकर्ड बनाएपछि स्थिर हुने प्रयासमा सेयर बजार

इकागज |
पुस २१, २०७७ मंगलबार १६:२५ बजे

काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज सामान्य ओरालो लागेको छ । मंगलबार नेप्से ३.५४ अंकले घटेर २,१६५.४९ बिन्दूमा रोकिएको छ । आइतबार नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै २,१७५.३९ अंकमा पुगेको थियो । यसअघि बिहीबार नेप्से परिसूचकले मंसीर १७ को रेकर्ड तोडेको थियो । यसअघि मंसीर १७ मा नेप्से उच्च बिन्दूमा पुगेपछि त्यसको एक महिनापछि पुस १६ मा मात्र नेप्सेले नयाँ रेकर्ड बनाएको देखिन्छ । आइतबारको उच्च बिन्दू २,१७५.३९ अंकको थ्रेसहोल्डमा भने नेप्से लामो समय अडिने देखिदैंन । मंसीर १७ को रेकर्डपछि नयाँ रेकर्ड बनाउन करिब एक महिना लागेपनि त्यो क्रम अब छिटो हुनसक्ने सेयर बजार विश्लेषकहरूले बताएका छन् । 

मंगलबार नेप्सेमा जलविद्युत् समूहको परिसूचक ३.१२ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनी र विकास बैंक समूहको परिसूचक पनि बढेको छ । अन्य समूहका परिसूचक भने ओरालो लागेको छ । नेप्सेले नयाँ रेकर्ड बनाएपछि यसमै पनि लाभ लिन सेयर किन्ने भन्दा पनि बिक्री गर्ने धेरै भएपछि मंगलबार बजार सामान्य घटेको छ । यद्यपि बजार सामान्य मात्र घट्नुले बजारमा लगानी गर्नेहरूको आकर्षण पनि कायमै देखिन्छ । 
जनउत्थान सामुदायिक लघुवित्त, नारायणी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ । 


यो साता लगातार बढीरहेको साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य ६ प्रतिशतले, हिमालयन डिस्टिलरीको ३.५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी लिमिटेड (प्रबद्र्धक सेयर), विशाल बजार कम्पनी तथा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लगायतको सेयर मूल्य साढे दुई प्रतिशतभन्दा बढीले घटेको छ । 

मंगलबार नेप्सेमा २०६ कम्पनीको ४ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका एक करोड आठ लाख नौ हजार ६ सय २५ कित्ता सेयर ४२ हजार पाँच सय १४ ओटा कारोबारमार्फत किनबेच भएको छ । कुल बजार पुँजीकरण २९ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । 

मिति

नेप्से परिसूचक

कारोबार

पुस १, बुधबार

२०५५.२२

५ अर्ब १४ करोड

पुस २, बिहीबार

२०३२.५१

६ अर्ब ७६ करोड

पुस ५, आइतबार

१९३५.६३

९ अर्ब ४ करोड

पुस ६, सोमबार

१९६५.९६

६ अर्ब ६९ करोड

पुस ७, मंगलबार

२०६१.४१

६ अर्ब ७४ करोड

पुस ८, बुधबार

२०६८.५६

६ अर्ब ८६ करोड

पुस ९, बिहीवार

२०३८.६३

५ अर्ब ३६ करोड

पुस १२, आइतबार

१९९८.६५

४ अर्ब ५९ करोड

 पुस १३, सोमबार

 २०१२.८९

  ४ अर्ब ९ करोड

 पुस १४, मंगलबार

 २००७.२९

  ३ अर्ब ८५ करोड

 पुस १५, बुधबार

 २,०६२.०६

  ४ अर्ब ४५ करोड

 पुस १६, बिहीबार

 २,०८७.२७

 ५ अर्ब ७० करोड

 पुस १९, आइतबार

 २,१७५.३९

 ६ अर्ब ३४ करोड

 पुस २०, सोमबार

 २,१६९.०४

 ५ अर्ब ९६ करोड

पुस २२, मंगलबार

 २,१६५.४९

 ४ अर्ब ५६ करोड


Author

थप समाचार
x