साताको सेयर बजार
१६५ अंकले बढ्यो बजार, कारोबार रकम झण्डै ३६ अर्ब
फाइल फोटो
काठमाडौँ- यस साता सेयर बजार परिसूचक यस साता १ सय ६५ अंकले बढेको छ । साताभर उकालो लागेको बजार बुधबारको कारोबारमा भने ३० अंकले घटेको थियो । गत साता करिब १६८ अंकले बढेको बजार यो साता पनि १६५ अंकले वृद्धि हुँदै साताको अन्तिम दिन कारोबार बन्द हुँदा नेप्से परिसूचक बिन्दू २८५७.७५ अंक पुगेको छ । आइतबार कारोबार सुरु हुँदा बजार परिसूचक अंक २६९२.४७ बिन्दूमा रहेको थियो ।
गत साताबाट रकम बढोत्तोरी हुँदा बजारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । यस साता समग्र कारोबार ६ अर्ब ५० करोड भन्दा माथि नै रहेको थियो ।
आइतबार
साताको पहिलो कारोबारको आइतबार सेयर बजार परिसूचक ७३.०५ अंकले बढेर सुखद सुरुवात गरेको थियो । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २.७१ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.६१ प्रतिशतले बढेको थियो । आइतबार कारोबार रकम पनि बढेर ७ अर्ब १० करोड पुगेको थियो । आइतबार ७३.०५ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दू २७६५.५१ अंकमा पुगेर आइतबारको कारोबार बन्द भएको थियो ।
सोमबार
साताको दोस्रो दिनको कारोबारको दिन सोमबार सेयर बजार १९ अंकले वृद्धि भएको थियो। सोमबार बजार परिसूचक १९.४३ अंकले वृद्धि भएर समग्र बजार परिसूचक २७८४.९४ अंकमा पुगेको थियो । सोमबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ०.७० प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.१६ अंकले बढेका थिए । १९ अंकले बजार बढ्दा लगानीकर्ताले ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबारमा खर्चिएका थिए ।
मंगलबार
साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल नेप्से परिसूचक ४९ अंकले बढेर समग्र बजार परिसूचक २८३४.१३ अंकमा पुगेको थियो। मंगलबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.७७ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.२८ प्रतिशतले बढेको थियो। आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने केही कमी आएको थियो । मंगलबार ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रूपैयाँ लगानीकर्ताले सेयर बजार कारोबारमा खर्चिएका थिए ।
बुधबार
सेयर बजार परिसूचक बुधबारको कारोबारमा भने गिरावट देखिएकव थियो । बुधबारको कारोबारमा नेप्से परिसूचक ३०.५१ अंकले गिरावट देखिएको थियो। बुधबार ३०.५१ अंकले घट्दा समग्र सेयर बजार परिसूचक २८०३.६५ बिन्दूमा पुगेको थियो । बुधबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.०८ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.३३ प्रतिशतले घटेका थिए ।
बजार ३० अंकले घटेतापनि कारोबार रकम भने सातामै सबैभन्दा धेरै हुन पुगेको थियो। बुधबार ८ अर्ब ३३ करोड २१ लाख २ हजार ७ सय ४२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बिहीबार
साताको अन्तिम कारोबारको दिन बिहीबार बजार परिसूचक ५४.१२ अंकले बढेको थियो । साताको अन्तिम कारोबार बन्द हुने दिन समग्र बजार परिसूचक बढेर २८५७.७५ अंकमा पुगरे बजार बन्द भएको थियो ।
बिहीबार अंकले ५४.१२ बढ्दा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.९३ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.७१ प्रतिशतले अर्थात ८.९४ अंकले बढेर ५३०.८३ अंकमा पुगेको थियो। बिहीबार ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रूपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर ७७ हजार ६६८ पटक खरिद बिक्री भएको थियो ।
कारोबार रकम बढ्यो
गत साता करिब २१ अर्ब कारोबार भएको सेयर बजारमा यो साता भने कारोबार रकम उलेख्य बढेको छ । यस साता करिब ३५ अर्ब ९५ करोड लगानीकर्ताले सेयर खरिद बिक्रीमा खर्च गरेका छन। कोभिड-१९ को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएपछि अन्य क्षेत्रको लगानी समेत सेयर बजारमा आउने क्रम बढेको छ। त्यस्तै बजारमा तरलता अभावका लागि सहकारी क्षेत्रबाट बजारमा पैसा आएका कारण पनि लगानी कर्ता पुन: सेयर बजारमा आकर्षित भएको देखिन्छ। सेयर बजार पूँजी ४० खर्ब ३७ अर्ब पुगेको छ ।
यस्तो रह्यो साताभरको सेयर बजारको सूचकांक
मिति |
नेप्से परिसूचक |
अंक फरक + वा - मा |
कारोबार रकम |
पुष २५ आइतबार |
२,७६५.५१ |
+७३.०५ |
७ अर्ब १० करोड रुपैयाँ |
पुष २६ सोमबार |
२,७८४.९४ |
+१९.४३ |
७ अर्ब १२ करोड रुपैयाँ |
पुष २७ मंगलबार |
२,८३४.१३ |
+४९ |
६ अर्ब ७२ करोड रुपैयाँ |
पुष २८ बुधबार |
२,८०३.६५ |
-३०.५१ |
८ अर्ब ३३ करोड रुपैयाँ |
पुष २९ बिहीबार |
२,८५७.७५ |
+५४.१२ |
६ अर्ब ६६ करोड रुपैयाँ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया