Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

दिनदिनै रेकर्ड तोड्दै सेयर बजार, बिहीबारको कारोबारमा नयाँ कीर्तिमानी

नेप्से परिसूचक १६ अंकले उक्लदा कारोबार समेत बढ्यो

इकागज |
पुस २३, २०७७ बिहीबार १५:३१ बजे

काठमाडौं : लगातार बढेर नयाँ-नयाँ कीर्तिमानी बनाइरहेको सेयर बजार सूचक नेप्से बिहीबार पनि बढेको छ । अन्तर दिवसीय (इन्ट्रा-डे) कारोबारमा (साढे दुई बजे) दुई हजार दुई सय चार दशमलव ९४ बिन्दूसम्म पुगेको बजार सम्हालिएर २ हजार १ सय ९४.३५ बिन्दूमा पुग्यो । यो अहिलेसम्मकै उच्चतम् बिन्दू हो ।

प्रि-ओपनीङ सेसनबाट बढ्न थालेको बजार २१९० कै आसपास कायम रह्यो । कारोबारको बीचमा २२०० नाँघेर नेप्से पुन: घट्न थाल्यो । प्रि-ओपनीङबाट बढ्न थालेको नेप्से स्थिर रुपमा कारोबार हुँदा लगानीकर्ताले ठुलो नोक्सानी व्यहोर्नुपरेन ।


बुलिश ट्रेन्डमा बढिरहेको बजारमा अन्तर दिवसीय कारोबारमा तीव्र उतारचढाव आउने हुँदा लगानीकर्ता डुब्ने खतरा रहन्छ । तर बिहीबारको कारोबारमा त्यस्तो उतार चढाव देखिएन ।

नेप्से उच्च बिन्दूमा पुगेसँगै बिहीबार कारोबार पनि बढेको छ । ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

बढिरहेको कारोबारमा सबैभन्दा बढी लाभ ट्रेडिङ समूहका लगानीकर्ताले उठाए । यो समूहको परिसूचक ४ दशमलव ७९ प्रतिशतले बढ्यो । एक सय १२ दशमलव ६१ अंकले बढेको ट्रेडिङ समूहको परिसूचक दुई हजार चार सय ६१ दशमलव ९६ बिन्दूसम्म पुग्यो ।

अन्य समूहका परिसूचकबाहेक ११ वटा समूहका परिसूचक बढेका छन् । उत्पादनमुलक समूहको परिसूचक २ दशमलव ०६ प्रतिशतले बढ्यो । निर्जिवन समूहमा १४४ अंकले वृद्धि भएको छ भने माइक्रो फाइनान्स समूहमा ४६ अंकले वृद्धि भएको हो ।

सेयर बजारमा उछाल आइरहँदा मल्टीप्रपोज फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो ।

मिरमिरे लघुवित्तको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । ११२ अंकले बढेको यसको सेयर १२४१ रुपैयाँ पुगेको छ ।  आइएमइ जनरल इन्स्योरेन्सको सेयर ६१ अंकले बढेको छ । नारायणी विकास बैंकको सेयर पनि ५७ अंकले बढेको छ । प्रभु लाइफ इन्स्योरेन्सको सेयर प्रति कित्ता १९० रुपैयाँ पुगेको छ ।


Author

थप समाचार
x