नेप्सेमा हरियाली १०५ अकंले उकालो लाग्यो परिसूचक
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) आइतबारको कारोबारमा हरियाली छाएको छ । गत साता निरन्तर गिरावट आएको बजार आजको कारोबारमा भने उलेख्य रूपमा बढेको छ । गतसाता ४ दिन ओरालो र १ दिन उकालो लागेको थियो जसमा १ सय ५१ अंकले गिरावट आएको थियो ।
आज सेयर बजार खुलेको केही समयमै उकालो लाग्न सुरु गरेको थियो। २७७९ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा २८८५.५३ अंकमा पुगेको छ । अर्थात आज बजार परिसूचक १०५.५५ अंकले उकालो लागेको छ । समूहगत परिसूचकमा समेत आज उलेख्य वृद्धी भएको छ ।
आइतबारको कारोबारमा सेयर बजार परिसूचक १०५.५५ अंक अर्थात ३.८० प्रतिशतले बढेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १९.८१ अंक अर्थात ३.८२ प्रतिशतले बढेर ५३८.५३ अंकमा पुगेको छ ।
आज नेप्सेमा २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रूपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता सेयर ८१ हजार ७ सय ६ पटक खरिद बिक्री भएको छ ।
बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ९० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ । बजार बढ्दा विन नेपाल लघुवित्त वित्तिय संस्था, लिवर्टी इनर्जी कम्पनी, शिभ श्री हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रो पावर सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
बिहीबारको कारोबारमा समूहगत परिसूचक सबै उकालो लागेका छन्। बैंकिङ समूह २.६ प्रतिशत, व्यापार समूह ४.९८ प्रतिशत, होटेल तथा टुरिजम क्षेत्र ४.५८ प्रतिशत, जीवन बीमा समूह ३.४ प्रतिशत, म्युचल फण्ड समूह १.७५ प्रतिशत तथा विकाश बैंक समूह ६.५६ प्रतिशतले बढेका छन् ।
हाइड्रो पावर क्षेत्र ५.६३ प्रतिशत, फाइनान्स समूह ६.३४, माइक्रो फाइनान्स समूह ३.२५ प्रतिशत, निर्जीवन बीमा समूह ३.३६ प्रतिशत, म्यानिफ्याकचरिङ तथा प्रोडक्शन समूह २.७२, लगानी समूह ६.३६ प्रतिशत, तथा अन्य समूह ३.८७ प्रतिशतले बढ्दा समग्र परिसूचक सकारात्कतातर्फ देखिएको हो ।
आज गुमाउने पाँच कम्पनीमा मञ्जु श्री फाइनान्स डिबेन्चर, एनआइसी एसिया सेलेक्ट फण्ड, मेगा म्युचल फण्ड, सानिमा लार्ज क्याप फण्ड तथा एनआइबीएल समृद्दी फण्ड रहेका छन् ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था र लिवर्टी इनर्जी कम्पनी,शिभ श्री हाइड्रो पावर तथा नेपाल इन्फ्राइन्टक्चर बैंक सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया